क) स्वस्थ पत्रकारिताको विकासको लागि उपयुक्त वातावरण सिर्जना गर्ने, ख) प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिन पत्रकारितासम्बन्धी आचारसंहिता तोक्ने, ग) प्रेस र नेपाल सरकारबिच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने, घ) सावर्जनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउने, र ङ) प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन प्रयत्नशील रहने ।